IME Life New

दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने पहिलो कम्पनी बन्यो आरएसडीसी लघुवित्त, कस्तो छ अवस्था ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक पहिलो कम्पनी बनेको छ। संस्थाले आज आफ्नो अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिकको दोस्रो त्रैमासम्म संस्थाले ४ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८०।८१ को यही अवधिसम्म संस्थाले ६ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा ३६.२५ प्रतिशतले घटेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ६ करोड ४५ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा ९ करोड ९० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा पनि ३४.६८ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षसम्म संस्थाको खुद ब्याज आम्दानी भने ८.११ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १२ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको समीक्षा अवधिसम्म घटेर ११ करोड २१ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा वर्षसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.८२ प्रतिशत थियो। खराब कर्जा मेन्टेन गर्न संस्थाले इम्पेयरमेन्ट चार्जका रुपमा २ करोड ६० लाख ६ रुपैयाँ छुट्याएको छ।

चुक्तापुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भमा १७ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १३ करोड ११ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भमा १६ करोड ४५ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ७३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अघिसम्ममा संस्थाले ६ अर्ब १२ करोड रुपैयाँ सपाटी लिई ६ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिई ६ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिसम्ममा संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ९.३६ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस १९.७३६ रुपैयाँ थियो। पीई रेसियो ७१.६१ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ १३२.२९ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS