IME Life New

देशभरको सबै शाखाबाट सहुलीयत कर्जा दिन राष्ट्र बैंकको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकले आफनो सम्पूर्ण शाखाहरुबाट सहुलियतपूर्ण कर्जा दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्र« बैंकले परिपत्र जारी गर्दै तत्काल सबै शाखाबाट सहुलियत दरको ऋण दिने व्यवस्था गर्ने बैंकहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि अनुसार योग्य र इच्छुक सर्वसाधारणलाई तत्काल कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो । बैकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्य्विधि २०७५’ बमोजिम कर्जा दिन नमानेको सर्वसाधारणबाट गुनासो आएपछि केन्द्रीय बैंकले पुन यस्तो निर्देशन दिएको हो ।

Esewa
Crest

सरकारले चालु आर्थिक बर्ष २०७५/७६ को बजेटमा भएको व्यवस्था अनुसार शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार सर्वसाधारणहरु नजिकको बैंक तथा वित्तीय संस्थामा सहुलित दरको कर्जा लिनका लागि सम्पर्क राख्दा बैंकहरु उदासिन भएको भनी जनसाधारणबाट गूनासो जनस्तरबाट बारम्बार गूनासो आएपछि राष्ट्र बैंकले पुन परिपत्र गरेको हो । राष्ट्र बैंकले आन्तरिक कार्य्विधि तयार पारेर देशभरका शाखाबाट कर्जा लिन योग्य र इच्छुकलाई यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सर्वसाधारणहरु नजिकको बैंक तथा वित्तीय संस्थामा सहुलित दरको कर्जा लिनका लागि सम्पर्क राख्दा बैंकहरु उदासिन भएको भनी जनसाधारणबाट गूनासो आएपछि राष्ट्र बैंकले पुन परिपत्र गरेको हो । राष्ट्र बैंकले आन्तरिक कार्र्य ्विधि तयार पारेर देशभरका शाखाबाट कर्जा लिन योग्य र इच्छुक व्यक्तिलाई यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS