IME Life New

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई ८ सूचकबाट हेरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनको प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिलाई तल उल्लेखित ८ सूचकबाट हेरौँः

Esewa
Crest
  • वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ।
  • आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ।
  • शोधनान्तर स्थिति रु. ४० अर्ब ९० करोडले बचतमा रहेको छ।
  • कुल विदेशी विनिमय सञ्चिति रु.२०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ।
  • नेपाल सरकारको खर्च रु. ४० अर्ब २१ करोड र राजस्व परिचालन रु.९४ अर्ब ७४ करोड रहेको छ।
  • विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.८ प्रतिशतले बढेको छ।
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS