IME Life New

दुई वाणिज्य बैंकले राखे पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकले पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा राखेका छन्। एनआईसी एसिया बैंक र सिटिजन्स बैंक इन्टरनेसनले कुल १ लाख ८१ हजार ८८५.७८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्।

एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ७५ हजार ३०५ कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। यी शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिएको शेयरको सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य प्रतिकित्ता २४५ रुपैयाँ र नागरिक लगानी कोषको ७५३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यी शेयरमा चैत १३ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। इच्छुक लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटका साथै एनआईसी एसियाको थापाथलीस्थित कर्पोरेट कार्यालय, शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र वीरेन्द्रनगरमा खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम १० हजार र सूर्योदय वोमी लघुवित्तको शेयरमा न्यूनतम ५ हजार कित्ता शेयर खरिदका लागि आवदेन दिनुपर्नेछ। अधिकतममा भने १० ले भाग जाने संख्यामा दिन सकिनेछ।

यसैगरी सिटिजन्स बैंकको शेयरमा इच्छुक सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र शेयर खरिदका लागि काठमाडौंको नारायणहिटीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS