IME Life New

दुई लघुवित्तको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । नेपाल स्टक एक्सचेञ्जमा दुई लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। नेप्सेमा सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले सपोर्ट माइक्रोफाइनान्सको १३.७७५ प्रतिशत र फरवार्ड माइक्रोफाइनान्सको १३.३३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सपोर्टको शेयरमूल्य २ हजार ९२४ रुपैयाँ १९ पैसा र फरवार्डको १ हजार ३५२ रुपैयाँ १६ रुपैयाँ कायम भएको छ।

Esewa
Crest

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी लघुवित्तहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयर प्रतिकित्ता ३ हजार ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो भने फरवार्डको १ हजार ५३२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा यी लघुवित्तहरुको शेयर कारोबार खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS