IME Life New

दसैँका लागि असोज १३ गतेबाट सुकिला नोट साट्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि असोज १३ गतेबाट सफा र सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ। यसपालि दसैँका लागि नयाँ नोटको सहटी व्यवस्था भने गरिएको छैन।

राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यका अनुसार असोज १३ गतेबाट बैंकहरुमा छुट्टै डेस्क राखेर यसपालि दसैँका लागि सफा र सुकिला नोटमात्रै सटहीको व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिए। ‘यसपालि दसैँमा नयाँ नोटको सहटी व्यवस्था हुने छैन, सटही गर्न आउनेलाई सफा र सुकिला नोट वितरण गरिनेछ’, उनले भने, ‘तर, अहिले नै बैंकहरुमा प्रशस्त सुकिला नोट रहेकोले जुनसुकै बेला गएर सटही गर्न सकिनेछ। असोज १३ गते नै कुर्नुपर्छ भन्ने छैन।’

Esewa
Crest

यसपालि पनि विगतका वर्षमा झैँ प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १–१ बन्डल (१०० वटा नोट) गरी १८ हजार ५०० रुपैयाँ सटहीको व्यवस्था गरिने पनि सूचना अधिकारी आचार्यले जानकारी दिए। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्ने व्यवस्था गरिने उनले बताए।

त्यसो अहिले डिजिटल माध्यमबाट भुक्तानीको प्रचलन बढ्दै गएकोले राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै आएको छ। नगद कारोबारलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले बैंकहरुलाई डिजिटल माध्यमको प्रयोगलाई बढावा दिन निर्देशन पनि दिँदै आएको छ।

यसपालि दसैँको घटस्थापना असोज १७ गते परेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS