IME Life New

थाइल्यान्डमा निर्जीवन बीमकको संख्या आधाले घट्ने अनुमान, मर्जरको बाटो रोज्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थाइल्यान्डमा निर्जीवन बीमकको संख्या आधाले घट्ने अनुमान गरिएको छ। बैंकक इन्स्योरेन्सका अध्यक्ष चाई सोफोनपानिचले यस्तो अनुमान गरेका हुन्।

अध्यक्ष चाईका अनुसार थाइल्यान्डमा निर्जीवन बीमा कम्पनीहरुको संख्या हाल ५० रहेको छ। ‘तर, भविष्यमा निर्जीवन बीमाको संख्या घटेर २५–३० सम्म झर्न सक्छ’, उनले भने। बैंकक इन्स्योरेन्स देशको तेस्रो ठूलो निर्जीवन बीमा कम्पनी हो।

Esewa
Crest

लाइन टुडेसँगको अन्तर्वार्तामा अध्यक्ष चाईले आगामी केही वर्षमा थाइल्यान्डको निर्जीवन बीमा बजारको प्रवृत्तिलाई रेखांकित गरेका छन्। उनले भविष्यमा विभिन्न नयाँ नियमहरु आएसँगै निर्जीवन बीमा कम्पनीहरुलाई प्राकृतिक रुपमा व्यवसाय वृद्धि गर्न र प्रविधिमा लगानी गर्न केही कठिन हुने बताए। ‘त्यसैले थप मर्जर र एक्विजिसन हुने सम्भावना देखिएको छ’, उनले भने।

चाईका अनुसार साना र मध्यम आकारका कम्पनीलाई प्रणालीहरु विकास गर्न र मानिसलाई काममा राख्न कठिनाइ र लागत धेरै हुनेछ र ठूला बीमाकर्ताले ठूलो क्षमताको कारण फाइदा लिनेछन्। चाईले थाइल्यान्डमा निर्जीवन बीमा व्यवसायमा लगानी गर्न विदेशी लगानीकर्ताको ठूलो संख्या रहेको तर विदेशी लगानीकर्ताले यस क्षेत्रका शीर्ष पाँच निर्जीवन बीमा कम्पनीलाई हेरिरहेको बताए। ‘किनकि उनीहरु ठूला बीमा कम्पनीमा लगानी गर्दा जोखिम कम देख्छन्’, उनले भने।

हाल थाइल्यान्डमा कम्तीमा एक दर्जन विदेशी बीमा कम्पनी छन्। –एसियन इन्स्योरेन्स रिभ्युको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS