IME Life New

थप बीमा कम्पनीको लाइसेन्स दिन लागेको छैन : बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीलाई लाइसेन्स दिन लागेको भन्ने समाचारहरु गलत भएको भन्दै स्पष्टिकरण दिएको छ । विभिन्न सञ्चार माध्यममा समितिले थप जीवन बीमा, निर्जीवन बीमा र लघुबीमाको लाइसेन्स दिन लागेको भन्दै समाचार आउन थाले पछि केहि दिनदेखि समिति तनावमा रहेको छ ।

समितिले लघुबीमा कम्पनीको लाइसेन्स दिन लागेको समाचार आउन थाले सँगै प्रदेश स्तरका मूख्यमन्त्रीले नै समितिमा फोन गरेर सोध्न थालेका छन् । बीमा समितिले लघुबीमा कम्पनीको सम्भाव्यता अध्ययन सुरु गरे पनि लाइसेन्सिङको कुनै पनि काम अगाडि नबढाएको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।

Esewa
Crest

सञ्चार माध्यमले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पनि लाइसेन्स दिन थालेको भन्दै लेखिएका समाचार सबै भ्रामक भएको सिलवालले जनाए । यदि लाइसेन्स दिनु पर्यो भने त्यसका छुट्टै कानुनी प्रकृयाँ हुने र सोहि अनुसार अगाडि बढ्ने हुँदा अहिले समितिले त्यस्ता कुनै पनि प्रकृयाँ अगाडी बनाढाएको उनले प्रष्ट पारे । उनले भने ‘लाइसेन्स दिनु भन्दा अगाडि स्वतन्त्र निकायबाट अध्ययन हुनु पर्यो । अध्ययनले लाइसेन्स दिन उपयुक्त छ भन्ने प्रतिवेदन पेश गर्नु पर्यो अनि पो आवस्यक प्रकृयाँका लागि सार्वजनिक सूचना जारी गर्ने हो ।’

कतिपय व्यापारिक समुह तथा जीवन बीमा कम्पनीहरु नै नयाँ कम्पनीको स्थापना गर्ने भन्दै समितिमा दर्ता गर्न गैरहेका छन् । यसरी गरिएका दर्ताको कुनै मूल्याङ्कन नहुने हुँदा त्यसैका आधारमा समाचार सम्प्रेषण नगरिदिन समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS