IME Life New

थप दुई लघु बीमाले पाए संचालनकाे स्वीकृती, बाँकी तीनकाे पालाे कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाल बीमा प्राधिकरणले थप दुई लघु बीमा कम्पनीहरुलाई स‌ंचालनकाे इजाजत दिएकाे छ। प्राधिकरणले क्रेष्ट माइक्राे लाईफ इन्स्याेरेन्स र प्राेटेक्टिभ माइक्राे इन्स्याेरेन्सलाई बीमा व्यवसाय स‌ंचालनकाे इजाजत दिएकाे हाे ।

क्रेष्ट माइक्राेकाे प्रधान कार्यालय कर्णाली प्रदेशकाे वीरेन्द्रनगर,सुर्खेतमा र प्राेटेक्टिभ माइक्राेकाे प्रधान कार्यालय सुदूरपश्चिम प्रदेशकाे धनगढीमा रहनेछ। प्राधिकरणले संचालक समितिकाे आइतबार बसेकाे बैठककाे निर्णय अनुसार यसअघि नै गार्जियन लाईफ इन्स्याेरेन्स र नेपाल माइक्राे इन्स्याेरेन्सलाई इजाजत पत्र दिई सकेकाे छ।

Esewa
Crest

सात प्रदेशमा एक एक वटा लघु बीमा कम्पनी संचालनकाे इजाजत वितरण गर्ने पूर्व याेजना अनुसार प्राधिकरणले चार निर्जीवन र तीन जीवन सहित सात वटा प्रस्तावित लघु बीमा कम्पनीलाई स‌ंचालनकाे आशय पत्र दिएर चुक्ता पूँजी वापत स‌ंस्थापकका तर्फबाट गर्नुपर्ने लगानी जुटाएर निवेदन पेश गर्न निर्देशन दिएकाेमा यी चारवटा कम्पनीले मात्र ताेकिएकाे समयभित्र पूँजी जुटाउन सकेका छन् । बाँकी तीन कम्पनीहरु स्टार माइक्रो इन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी जुटाउनका लागी थप समयावधि माग गर्दै प्राधिकरण समक्ष पहल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS