IME Life New

त्रुटिरहित विद्युतीय कारोबार गर्न राष्ट्र बैंकको सुझाव, यसरी अपनाउनुपर्छ सावधानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रुटिरहित विद्युतीय कारोबार गर्न सबैलाई आग्रह गरेको छ।

केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘आफ्नो मोबाइल बैंकिङ एप, डिजिटल वालेटजस्ता विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सावधानी अपनाउनुपर्दछ। विद्युतीय कारोबारको गति द्रुत हुने र कारोबारको जालो जटिल हुने भएकाले रकम ट्रान्सफर भइसकेपछि वित्तीय ठगहरुबाट रकम फिर्ता गर्ने कार्य पनि जटिल हुन सक्छ’, सूचनामा भनिएको छ, ‘त्यसैले विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्दा हतार नगरी रकम प्राप्त गर्ने व्यक्तिको नाम, खाता नम्बर, ट्रान्सफर गर्नुपर्ने रकमलगायत सबै विवरण त्रुटिरहित भएको यकिन गर्नुपर्दछ।’

Esewa
Crest

खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठीक रहे÷नरहेको यकिन गर्नुपर्ने सूचनामा उल्लेख छ। साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बर जस्ता संवेदनशील वित्तीय जानकारी अरु कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

विद्युतीय रुपमा भुक्तानीको सरल सुविधा उपभोग गर्दै यस्तो कारोबार गर्दा सुरक्षित र सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS