IME Life New

त्रिभुवन बहुमुखी क्याम्पसमा एनआइसी एशिया क्यापिटलको पूँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनी विकको अवसरमा लुम्बिनी प्रदेश अन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस, तानसेन, पाल्पामा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम चैत्र ९ गते सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले डिम्याट खाता, प्रथामिक शेयर धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्दा कहिले कसरी लगानी गर्न सकिन्छ तथा लगानी सम्बन्धी निर्णय लिदाँ विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा जानकारी दिएका थिए ।

Esewa
Crest

अधिकाशं मर्चेण्ट बैंकहरु उपत्यका केन्द्रित रहेको र काठमाण्डौ उपत्यका बाहिरबाट मर्चेण्ट बैंकहरुले प्रदान गर्ने सेवा प्राप्त गर्न निकै असहज भएको जनगुनासो बारम्बार आउने गरेको हुँदा उपत्यका बाहिरका बसोबास गर्ने युवाहरुलाई लक्षित गरी ग्लोबल मनी विकको अवसरमा प्रोटेक्ट योर मनी सेक्युअर योर फिउचर भन्ने नारा सहित सहज र कमाएको पैसा कसरी बचत गर्ने र बचत गरेको रकमबाट कसरी सरल रुपमा मुद्रा बजार उपकरणहरु तथा पूँजी बजारमा सुरक्षित रुपमा कसरी कारोवार गर्न सकिन्छ भन्ने सम्बन्धमा धितोपत्र बोर्डको प्रतिनिधी, एन आई सी एशिया क्यापिटलको उच्च व्यवस्थापन तहका कर्मचारी र सहभागिहरु बीच छलफल तथा अन्तरकृया गरिएको थियो ।

उक्त कार्यक्रममा १८० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य लगानीकर्ताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS