IME Life New

तेस्रो समीक्षामा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गर्ने राष्ट्र बैंकको आश्वासन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गर्ने आश्वासन दिएको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो आश्वासन दिएको हो। ‘पछिल्लो आन्तरिक एवम्बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको छ’, राष्ट्र बैंकले भनेको छ, ‘आन्तरिक आर्थिक गतिविधि एवम्मुद्रास्फीतिको अवस्थालाई दृष्टिगत गरी मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दा मौद्रिक उपायहरुमा आवश्यकतानुसार परिमार्जन गरिनेछ।’

Esewa
Crest

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा सहयोग पुर्याउने नेपाल सरकारका निकाय, उद्योग–व्यवसायसँग सम्बन्धित संघसंस्था, बैंक तथा वित्तीय संस्था, विद्वत वर्ग, सञ्चार माध्यमलगायत सबै सरोकारवालालाई राष्ट्र बैंकले धन्यवाद ज्ञापन गरेको छ।

मौद्रिक नीति र यस समीक्षामा व्यवस्था गरिएका नीति तथा कार्यक्रमहरुको कार्यान्वयनमा सदाभैmँ सबैको सहयोग रहने विश्वास पनि केन्द्रीय बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

8%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS