IME Life New

तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बन्यो सूर्यज्योति, अधिकांश सूचकमा प्रगति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बीमा कम्पनी बनेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २९ करोड ५४ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०७९।८०को सोही अवधिसम्मको तुलनामा ३३.८९ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले २२ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले तेस्रो त्रैमाससम्म ६ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ३७.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ७३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ३८.६८ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म शेयर प्रिमियममा ३ करोड ७२ लाख रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६० करोड ७२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्ष महाविपत्ति कोषमा ३२ करोड ६९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ थियो। यो हिसाबले महाविपत्ति कोषको आकार ४.५२ प्रतिशत र रिटेन्ड अर्निङ २०.८६ प्रतिशतले बढेको छ। यो अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार पनि २५.११ प्रतिशतले बढेर ३२ अर्ब २ करोड ७२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा २५ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ थियो।

अघिल्लो वर्ष यही अवधिसम्म अन्य इक्विटीमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा बढेर १ अर्ब २ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ८.६७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ६.४७ रुपैयाँ थियो। पीई रेसियो ५६.८९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६६.३१ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

29%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS