IME Life New

तीनवटा होटलको आइपिओ पाइप लाइनमा, क्राउन इम्पेरियलले पनि सेबोनमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा सर्वसाधारणको चासो र लगानी बढ्दै जाँदा वास्तविक क्षेत्रका कम्पनीहरु पनि धमाधम शेयर निष्काशनका लागि सकृय देखिएका छन् । गत वर्षमा वास्तविक क्षेत्रका कम्पनीले प्रिमियम मूल्यमा समेत शेयर बिक्री गरेर सर्वसाधारणबाट पूँजी जुटाए।

वास्वतिक क्षेत्रका कम्पनीहरुमा लगानीका लागि सर्वसाधारणमा उल्लेख्य उत्साह देखेपछि पछिल्लो समय होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरु पनि सर्वसाधारणमा शेयर जारी गर्न थालेका छन् । लामो अन्तरालपछि पाँच वर्ष अघि चन्द्रागिरी हिल्स लिमिटेडले आइपिओ जारी गरेयता सिटि होटल्सले आइपिओ ल्यायो । होटल व्यवसायमा लगानी गरेका थप तीनवटा कम्पनीले आइपिओ जारी गर्नका लागि स्वीकृती माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। यी कम्पनीहरुमा अर्किड होल्डिङ्गस, एपेक्स हस्पिटालिटी र होटेल फरेष्ट इन रहेका छन् ।

Esewa
Crest

जीवन बीमक एशियन लाइफ इन्स्योरेन्स समेत मुख्य साझेदार रहेको अर्किड होल्डिङ्गसले सर्वसाधारणमा शेयर जारी (आइपिओ) का लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ। होल्डिङ्गसले रविभवनमा चार तारे स्तरको होटल क्राउन इम्पेरियल सञ्चालन गरि रहेको छ। होल्डिङ्गसले अ‌ंकित मूल्यमा नै शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डका अनुसार १ सय रुपैयाँ अंकित दरका १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्नका लागि म‌ंसिर १३ गते धितोपत्र बोर्डमा निवेदन दर्ता गराएको हो ।

होल्डिङ्गसले २०७६ असार १३ गतेदेखि होटेल क्राउन इम्पेरियल सञ्चालन गरिरहेको  छ । १३१ ओटा कोठा रहेको चार तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुई वटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल, ५० देखि ७५ जना सम्मको २ वटा ठुला मिटिङ्ग हल र २० देखि २५ जना सम्मको दुई वटा मिटिङ्ग रुम र ३०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन् ।

हालैमात्र काठमाडाै‌ंको बुढानिलकण्ठमा १०३ कोठे तारे होटल सञ्चालनमा ल्याएको होटल फरेष्ट इन लिमिटेडले पनि धितोपत्रबाट स्वीकृती पर्खि रहेको छ। यो कम्पनीले होटलका लागि ९८ लाख कित्ता शेयर अ‌ंकित मूल्य रू. १०० मा जारी गरी ९८ करोड रुपैयाँ पूँजी सर्वसाधारणबाट जुटाउने योजना छ। होटल फरेष्ट इन पाँच तारे स्तरको होटल हो ।

यसैगरी तनहुँको दमाैलीमा होटल र सिनेमा घर सञ्चालन गरिरहेको एपेक्स हस्पिटालिटीको २४ लाख कित्ता शेयर पनि पाइपलाइनमा रहेको छ। एक सय रुपैयाँ अ‌ंकित दरका साधारण शेयरमार्फत् एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ चुक्ता पूँजी जुटाउनका लागि धितोपत्र बोर्डमा निवेदन दिइ सकेको छ। एपेक्स हस्पिटालिटिको निर्माणाधीन ३४ कोठे होटल आगामी फेब्रुअरी महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS