IME Life New

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, बैंकिङ प्रणालीबाट भोलि फेरि रु. ३५ अर्ब तान्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई सकस परेको छ। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ।

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल रहँदा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्नुपर्ने हुन्छ।

Esewa
Crest

सोही कारण यो जेठ महिनाको पहिलो साता नै राष्ट्र बैंकले तेस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको छ।

केन्द्रीय बैंकले भोलि जेठ ४ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका लागि भोलि मध्याह्न १२ बजे बोलकबोल हुने जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको जेठ ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज जेठ ३ गते एकैपटक ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरु भने न्यून ब्याजदरमै राष्ट्र बैंकले पैसा दिन बाध्य भइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS