IME Life New

तरलता व्यवस्थापनः राष्ट्र बैंकले तान्न खोजेको भन्दा ६३% मात्रै बैंकहरुले दिए पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगातार पैसा तानिरहेको छ।

चालु आर्थिक वर्षको साउनयता केन्द्रीय बैंकले १७ पटक निक्षेप संकलन उपकरण प्रयोग गरेर बैंकिङ प्रणालीबाट पैसा तानेको छ। तर, राष्ट्र बैंकले तान्न खोजेजति पैसा बैंकहरुले दिन नचाहेको देखिन्छ।

Esewa
Crest

साउनयता राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरेर ८ खर्ब ६५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्न खोजेको थियो। तर, राष्ट्र बैंकले ५ अर्ब ५० अर्ब रुपैयाँमात्रै खिचेको छ। जुन कुल तान्न खोजेको रकमको ६३.६४ प्रतिशतमात्रै हो।

निक्षेप संकलन उपकरणको बोलकबोल गर्दा राष्ट्र बैंकले दिने औसत ब्याजदर ३ प्रतिशतभन्दा तल रहेको छ। बैंकहरुले सस्तोमै पैसा दिन नचाहेकै कारण राष्ट्र बैंकले आफूले तान्न खोजेजति रकम खिच्न नसकेको जानकारहरु बताउँछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS