IME Life New

तपाइँसँग डेनमार्कको बैंक नोट छ ? फागुनसम्म साट्नुहोस्, नत्र सटही हुँदैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेनमार्कको केन्द्रीय बैंकले कानुनी ग्राह्यता खारेज गरेका बैंकको नोटको सटही गर्न फागुन मसान्तसम्मको समयसीमा तोकेको छ।

डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात बैंक नोटको कानुनी ग्राह्यता खारेज गरेको छ। योसँगै नेपालको केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै डेनिस क्रोनर (डीकेके) बैंक नोटहरु आफूसँग भएमा सटही गर्न समयसीमा तोकेको हो।

Esewa
Crest

तोकिएको समयभित्र राष्ट्र बैंकको बैंकिङ विभाग, बैंकिङ कारोबार गर्ने राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमयको कारोबार गर्ने राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था वा परिवर्त्य विदेशी मुद्राको कारोबार गर्ने मनिचेन्जरहरुबाट सटही गर्न र गराउन सूचनामार्फत जानकारी गराइएको छ। फागुन मसान्तपछि कानुनी ग्राह्यता खारेज गरिएका डेनिस क्रोनर (डीकेके) सटही गर्न इजाजतप्राप्त निकायहरु बाध्य नहुने सूचनामा स्पष्ट पारिएको छ।

कानुनी ग्राह्यता खारेज गरिएका बैंक नोटहरुसम्बन्धी विस्तृत जानकारी डेनमार्कको केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध रहेको राष्ट्र बैंकले जनाएको छ।

डेनमार्कले सन् १९४४ देखि १९९७ सम्म छापिएका १ हजार रुपैयाँ दरका डीकेकेको ग्राह्यता खारेज गरेको छ। बैंकले यी नोट सन् २०२३ नोभेम्बरबाट बजारबाट फिर्ता मगाएको थियो। यो वर्ष जनवरीसम्म १८ अर्ब ५० करोड डीकेके बजारबाट फिर्ता ल्याइएको डेनमार्कको केन्द्रीय बैंकले जनाएको छ। जुन बजारमा परिचालनमा रहेकामध्येको ९० प्रतिशत हो।

डेनमार्ककको केन्द्रीय बैंकका अनुसार अब बजारमा २ अर्ब ५० करोड डीकेक परिचालनमा रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS