IME Life New

तत्काल आईपीओ निष्काशन गर्न लघु बीमकलाई बीमा प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा नियामक, नेपाल बीमा प्राधिकरणले चुक्ता पूँजी वृद्धिका लागि तत्काल प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माइक्रो इन्स्योरेन्स (लघु बीमक)लाई निर्देशन जारी गरेको छ।

प्राधिकरणले बीमकको इजाजत लिने समयमा कबुल गरे बमोजिम चुक्ता पूँजीको लागि थप ३० प्रतिशत पूँजी जुटाउन निर्देशन दिएको हो। प्राधिकरणले आइपिओ निष्काशनको प्रस्ताव अनिवार्यरूपमा आगामी वार्षिक साधारण सभामा पेश गर्न समेत दिएको छ।

Esewa
Crest

प्राधिकरणले लघु बीमकको इजाजत पत्र जारी गर्दा न्यूनत्तम चुक्ता पूँजी ७५ करोड रूपैयाँ तोकेको छ। यो मध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रूपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । सर्वसाधारणबाट थप २२ करोड ५० लाख रूपैयाँ लगानी जुटाउन बाँकी छ।

सात वटै लघु बीमकले आइपिओ निष्काशन गर्ने हो भने सर्वसाधारणबाट बीमा उद्योगमा १ अर्ब ५७ करोड ५० लाख रूपैयाँ लगानी थपिनेछ। हाल प्राधिकरणबाट इजाजत प्राप्त ३ वटा लघु जीवन बीमक र ४ वटा निर्जीवन लघु बीमक सञ्चालनमा रहेका छन् ।

सञ्चालनको प्रारम्भिक वर्षहरूमा रहेकाले सबै बीमकको जोखिमाङ्कन वापतको बचत ऋणात्मक छ। पूँजी कोषको लगानीबाट प्राप्त ब्याज आम्दानीले सञ्चालन खर्च धानेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS