IME Life New

डिजिटल रुपमा फड्को मार्दै सूर्यज्योति लाइफ मोबाईल एप प्रयोगकर्ता ६० हजारभन्दा बढी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स  कम्पनीले अहिले सम्म आफ्नो मोबाइल एपको डाउनलोड संख्या ६० हजार भन्दा बढी पुगेकोमा यसलाई महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ। मर्जर पश्चात परिमार्जन गरि सेवामा ल्याएको सूर्यज्योति मोबाईल एपले छोटो समयमै प्राप्त गरेको यो उपलब्धिले एपको बढ्दो लोकप्रियता र ग्राहक तथा बीमितहरूले सूर्यज्योति लाइफ इन्स्योरेन्स प्रति राखेको विश्वासलाई उजागर गरेको बिश्वाश कम्पनीले गरेको छ। यो एपको प्रयोगले अभिकर्ताहरुलाई व्यवसाय बिस्तार गर्न र बीमा योजना समबन्धि सम्पूर्ण जानकारी लिन सहज हुने र सक्रिय अभिकर्ता बीच आफ्नो टीम व्यवसाय बिस्तार गर्न अमूल्य भूमिका खेल्ने कम्पनीले जनाएको छ।

यो एपमा एकदमै परिष्कृत प्रिमियम क्यालकुलेटरको सुबिधा भएका कारण अभिकर्ताहरुले बिमितको उपयुक्त विवरणहरू समावेश गर्नासाथ बिमितको प्रिमियमको जानकारी तुरुन्तै पाउन सकिने र कुन बीमा पोलिसी लिन उपयुक्त हुन्छ सो को अनुमान तुरुन्तै गर्न सकिन्छ।
अभिकर्ताहरूले आफ्नो टिम व्यवसाय, बिमितहरुको वृस्तित जानकारी, मेडिकल सहितको प्रिमियम,नवीकरण सम्बन्धि विवरण, आय विवरण , अभिकर्ता संजाल, नोटिफिकेसन तथा अन्य थुप्रै सुबिधाहरु समावेश भएकै कारण सूर्यज्योति मोबाईल एप अभिकर्ताहरुको रोजाईमा परेको हो जसले गर्दा उनीहरूलाई आफ्नो आम्दानीलाई प्रभावकारी रूपमा व्यबस्थापन गर्न र आफ्नो वित्त व्यवस्थापन गर्न मद्दत पुग्दछ ।

Esewa
Crest

सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, प्रकाश बिक्रम खत्रीले एपको उल्लेखनिय सफलताले आफूलाई थप उत्साहित बनाएको,व्यक्त गर्दै हाम्रो एप ६० हजार भन्दा बढि डाउनलोड भएको र सूर्यज्योति लाइफका १० हजार रजिस्टर्ड अभिकर्ताहरूले यो सुविधाहरू प्रयोग गर्नु भएकोमा हामी धेरै खुशी भएका छौं। हाम्रा ग्राहकहरू र अभिकर्ताहरूका लागि डिजिटल माध्यमबाट उत्कृष्ट एबम नवीनतम प्रबिधि मार्फत सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको यो ज्वलन्त उदाहरण हो। जीवन बीमा सम्बन्धि सेवा र सुविधाहरुलाई सरल र सुलभ बनाउन हाम्रो एपले प्रभावकारी भूमिका खेल्नेमा हामी ढुक्क छौ।

साथै बीमा क्षेत्रमा डिजिटल प्रबिधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफुले प्रदान गर्ने सेवा लगाएत सूर्यज्योति लाइफको एपमा समय सापेक्ष परिमार्जित र परस्कृत गर्दै लैजाने विश्वास खत्रीले गरेका छन्।  सूर्यज्योति लाइफ इन्स्योरेन्स एप डाउनलोड गर्नका लागि एप्पल एप स्टोर वा गूगल प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ। एप सम्बन्धि थप जानकारी लिनका लागि नजिकैको शाखा वा [email protected] मा सम्पर्क गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS