IME Life New

डिजिटल कारोबारमा फड्को, वालेट र क्यूआरबाट हुने भुक्तानीमा उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । कोरोनाकालयता नेपालको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारले निकै फड्को मारेको छ। साना पसलदेखि ठूलठूला व्यवसायमा पनि अहिले डिजिटल कारोबार हुन थालेको छ। बढ्दो डिजिटल कारोबारकै कारण अहिले मानिसहरुलाई नगद बोक्नुपर्ने बाध्यता लगभग हटेको छ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने पनि मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या साढे २ करोड बढी पुगेको छ। इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि सवा १८ लाख लाख नाघेका छन्। नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ। केन्द्रीय बैंकले आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थालाई नगदरहित कारोबारलाई प्रवर्द्धन गर्न ग्राहकमाझ जनेचतना जगाउन निर्देशन पनि दिँदै आएको छ।

Esewa
Crest

पछिल्लो समय विभिन्न वालेटबाट हुने कारोबार ह्वात्तै बढेको छ। चालु आर्थिक वर्षको पुससम्म वालेटबाट २३ अर्ब ८ करोड ४० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष सोही अवधिमा वालेटबाट १८ अर्ब २६ करोड १० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। बालेटबाट हुने कारोबार पछिल्लो १ वर्षको अवधिमा ३७.३६ प्रतिशतले बढेको छ।

पछिल्लो १ वर्षमा क्यूआरमा आधार कारोबार पनि १२६.६१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष पुससम्म क्यूआरमा आधार कारोबार १७ अर्ब ३ करोड २० लाख रुपैयाँ बढीको कारोबारमा भएकोमा चालु आर्थिक वर्षको पुससम्म बढेर ३८ अर्ब ५९ करोड ६० लाख रुपैयाँबराबरको भएको छ।

चालु आर्थिक वर्षको पुससम्म कनेक्ट आईपीएसबाट ४ खर्ब ५४ अर्ब ९५ करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष पुसम्म कनेक्ट आईपीएसबाट ३ खर्ब ४३ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो। कनेक्ट आईपीएसबाट हुने कारोबार पनि ३२.५२ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS