IME Life New

डिजिटल कारोबारमा फड्को मार्दै नेपाल, क्यूआरको प्रयोग अत्याधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल कारोबार निकै फड्को मारेको छ। कोरोनाकालपछि डिजिटल कारोबार प्रचलन बढ्दै गइरहेको छ।

नेपाल राष्ट्र बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको छ। अहिले साना पसलदेखि ठूलठूला मल, होटेललगायतका स्थानमा डिजिटल माध्यमबाट मानिसहरुले कारोबार गर्न थालेका छन्।

Esewa
Crest

पछिल्लो १ वर्षको मात्रै तथ्यांक हेर्ने हो भने वालेट प्रयोगकर्ता २३।८६ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७९।८० मा वालेट प्रयोगकर्ता १ करोड ८९ लाख ४१ हजार ७९३ रहेकोमा गत आर्थिक वर्ष २०८०।८१ मा बढेर २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा वर्षमा वालेटबाट ३१ अर्ब ३० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा वालेटबाट हुने कारोबार ५४ प्रतिशतले बढेको छ।

तथ्यांकअनुसार क्यूआरबाट हुने भुक्तानी १०० प्रतिशतभन्दा बढीले बढेको छ। अघिल्लो वर्ष क्यूआरबाट ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएकोमा समीक्षा वर्षमा बढेर ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ।

यसैगरी समीक्षा वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १९ लाख १९ हजार ३२२ पुगेको छ। अघिल्लो वर्ष मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड १३ लाख ६३ हजार ९८९ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १८ लाख ५६ हजार १९५ रहेको थियो।

समीक्षा वर्षमा मोबाइल बैंकिङको प्रयोग गरेर ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष यस्तो कारोबार २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँबराबरको भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ६० प्रतिशतभन्दा बढीले बढेको छ।

उता इन्टरनेट बैंकिङबाट १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङबाट १५ अर्ब ५० करोड २० लाख रुपैयाँबराबरको कारोबार भएको थियो। इन्टरनेट बैंकिङबाट हुने कारोबार करिब साढे १४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS