IME Life New

डिजिटल अन्तरले विश्वलाई हरेक वर्ष अर्बौं डलरको घाटा, अध्ययनबाट भयो यस्तो खुलासा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रविधिको क्षेत्रमा विश्वले हरेक वर्ष अर्बौं डलरको ठूलो नोक्सानी व्यहोर्दै आएको खुलासा भएको छ। यही बेला एआईले यो समस्यालाई अझ ठूलो बनाउन सक्ने देखिएको छ।

हालै गरिएको एक अध्ययनले यस्तो देखाएको हो।सूचना प्रविधि (आईटी) कम्पनी एचपीले बुधबार अक्सफोर्ड इकोनोमिक्ससँगको सहकार्यमा एक अध्ययन प्रतिवेदन जारी गरेको छ। प्रतिवेदनले प्रत्येक देशका १ हजार ३६ सी–सुइट कार्यकारी र लगभग १०० सरकारी अधिकारीको राय लिएको थियो।

Esewa
Crest

प्रतिवेदनले उत्पादकत्व र आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल अन्तरलाई जोड्ने आवश्यकतालाई हाइलाइट गरेको छ। ‘विश्वको करिब एक तिहाइ जनसंख्या डिजिटल संसारबाट टाढा छ, जसले विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) लाई हरेक वर्ष अर्बौं डलरको नोक्सानी व्यहोर्नुपरेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘प्रविधिको आगमनदेखि नै डिजिटल अन्तर झनै फराकिलो हुँदै गएको छ। यदि यो अन्तर हटाउन कुनै ठोस कदम चालिएन भने एआईले यी असमानतालाई अझ बढाउन सक्छ।’

गत वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म यो अध्ययन अमेरिका, फ्रान्स, भारत, बेलायत, जर्मनी, जापान, मेक्सिको, ब्राजिल र क्यानडा गरी १० देशमा गरिएको थियो । ‘हामीलाई थाहा छ कि टेक्नोलोजी एक महान समतावादी र प्रगतिलाई अगाडि बढाउन एक शक्तिशाली उपकरण हुन सक्छ’, प्रतिवेदनमा भनिएको छ, ‘यद्यपि हाम्रो द्रुत रुपमा विकसित संसारमा डिजिटल अन्तर कम गर्न हामीले व्यक्तिहरुलाई प्रविधि प्रयोग गर्ने सीपहरुमा पनि सुसज्जित गर्न आवश्यक छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS