IME Life New

डिजास्टर रिकभरी सेन्टरमा आगलागी, बीमा समितिकाे अनलाइन सेवा दुई दिनसम्म ठप्प रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । बीमा समितिकाे बीमा नियामक सूचना प्रणाली (आइआरएमआइएस) प्रणाली दुई दिन ठप्प हुने भएकाे छ । बीमा समितिले आफ्नाे वेवसाइटमा संक्षिप्त सूचना प्रकाशन गरेर अभिकर्ता इजाजत पत्र नविकरण र बीमा सर्वेक्षक इजाजत पत्र नविकरणकाे वा ठप्प रहने जानकारी दिएकाे छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रकाे सि‌ंहदरबारस्थित तथ्यांक केन्द्र (डाटा सेन्टर) मा तथ्यांक भण्डारण गर्नकाे लागी बीमा समितिकाे एकीकृत सूचना प्रणाली आइआरएमआइएस साेमबारदेखि मंगलबारसम्म दुई दिन ठप्प हुने भएकाे भन्दै बीमा कम्पनीमा जानकारी पठाएकाे छ ।

Esewa
Crest

यसैबीच हेटाैंडास्थित हुप्रचाैर परिसरमा रहेकाे सूचना प्रविधि केन्द्रकाे डिजास्टर रिकभरी सेन्टरमा आइतबार विद्युतीय गडबडीका कारण आगलागी भएपछि बीमा समिति लगायत केही सरकारी निकायकाे अनलाइन सेवा ठप्प हुने भएकाे छ । आगलागी नियन्त्रणमा आएपनि यसबाट पुगेकाे क्षतिबारे विवरण सार्वजनिक गरिएकाे छैन ।

सरकारी कार्यालयहरूले प्रदान गर्ने सेवा, काराेबार तथा संकलन गर्ने तथ्या‌ंककाे सुरक्षित भण्डारणकाे लागी सरकारी कार्यालयहरूले राष्ट्रिय सूचना प्रविधि केन्द्रकाे मातहतमा रहेकाे सिंहदरबारस्थित डाटा सेन्टर र आपतकालीन अवस्थामा उक्त केन्द्रमा केही विपत्ती आई परेकाे अवस्थामा वैकल्पिकरुपमा तथ्या‌ंक प्रयाेग गर्नकाे लागी हेटाैंडास्थित आपतकालीन तथ्यांक पूनर्स्थापना केन्द्र (डिजास्टर रिकभरी सेन्टर)मा भण्डारण गर्दै आएका छन् । सरकारी कार्यालयहरुले अनलाइनमार्फत सेवा प्रदान गर्न थालेकाले कागजी ढड्डाकाे साटाे अचेल कम्प्युटरमै अभाैतिकरूपमा सम्पूर्ण विवरण भण्डारण हुने गरेकाे छ । यस्ताे विवरणलाई सूचना प्रविधिकाे क्षेत्रमा तथ्यांक (डाटा) भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS