IME Life New

डबल लखपति बन्ने मौका: इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इसेवाले यस वर्ष पनि पुनः ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा २ लाख जितेर डबल लखपति बन्ने मौका रहेको इसेवाले जनाएको छ।

इसेवामा रहेको यात्रा सम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ। ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफर मार्फत् यात्राको लागि इसेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इसेवाले जनाएको छ ।

Esewa
Crest

यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहार स्वरूप रु २ लाख प्राप्त गरेर भाग्यशाली विजेता घोषणा हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ। आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक भाग्यशाली विजेताले रु। ७००० सम्मको फूल रिफण्ड स्वरूप पूर्ण क्यास्ब्याक जित्ने मौका पाउन सक्नेछन् । साथै, यस अफर अन्तर्गत तीन वा बढी आन्तरिक हवाईजहाजको टिकट बुक गर्दा सबैले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

जसका लागि प्रोमो कोडमा यात्रा ३०० प्रयोग गर्नुपर्नेछ। त्यस्तै, इसेवा मार्फत् होटल बुक गर्दा प्रोमो कोडमा “होटल २०० प्रयोग गरी सबैले रु २०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, इसेवाबाट बसको टिकट काट्दा कुल आठ प्रयोगकर्ताले ९हरेक हप्ता २ जनाको दरले० अफर अवधिमा १०० प्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका मिल्नेछ। प्रत्येक हप्ता, यी दुई भाग्यशाली विजेताहरू इसेवाको आधिकारिक सामाजिक सञ्जालको पेज मार्फत् घोषणा गरिनेछ।

साथै प्रोमो कोडमा “यात्रा ५०” प्रयोग गरी हरेक दिन पहिलो ५० प्रयोगकर्ताले रु ५० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। अझ थप, इसेवाबाट पहिलो पटक बसको टिकट काट्ने प्रयोगकर्ताले “यात्रा १०० ” प्रोमो कोडको प्रयोगमा रु १०० क्यास्ब्याक पाउन सक्नेछन्।

यसैगरी, अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी ४ देखि ५ बजेसम्म रु १५०० सम्म क्यास्ब्याक (५ प्रतिशतको दरले) प्राप्त गर्न सकिनेछ। यो अफर फाल्गुन १३ देखि चैत्र १३ गतेसम्म लागू हुनेछ।
यी सबै अफर बारे विस्तृतमा जानकारी इसेवाको आधिकारीक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इसेवाले जनाएको छ।

यस अफर मार्फत यात्रा सम्बन्धी सेवाहरू इसेवामा सजिलै उपलब्ध भएको बारे ग्राहकवर्गमा सूचित गर्न चाहेको जनाएको छ। सेवाग्राहीले क्यास्ब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इसेवा खातामा स्वचालित रूपमा उपलब्ध हुने समेत इसेवाले जनाएको छ। यो अफर सम्बन्धी थप शर्तहरू आधिकारिक ब्लग मार्फत बुझ्नका लागि पनि इसेवाले जनाएको छ।

हाल देशभर इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या १ करोड २ लाख भन्दा बढि पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब एक करोड ९० लाख जनसङ्ख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब २ लाख ३० हजारभन्दा बढी संख्यामा एजेन्ट सञ्जाल रहेको छ । इसेवाले पुल्चोक स्थित केन्द्रीय कार्यालय सहित सातै प्रदेशबाट प्रदेश कार्यालय तथा सम्पर्क कार्यालय मार्फत सेवा दिइरहेको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS