IME Life New

ठूला १० कम्पनीमा वाणिज्य बैंकको वर्चश्व, ३ वटाको बजार पुँजीकरण १ खर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार यो साता ओरालो लागेको छ। गत साता बिहीबार १९९८.९६ को विन्दुमा बन्द भएको बजार यो साता बिहीबार १९६६.२३ को विन्दुमा बन्द भएको छ। यो हिसाबले शेयर बजारले यो साता ३२.७३ अंक गुमाएको छ।

शेयर बजार घट्दा यो साता लगानीकर्ताको सम्पत्ति ५१ अर्ब ९० लाख रुपैयाँले घटेको छ। यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब ७० करोड रुपैयाँ रहेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ६० करोड रुपैयाँ थियो।

Esewa
Crest

बजार पुँजीकरणकै हिसाबले शीर्ष १० कम्पनीमा वाणिज्य बैंकहरुको वर्चश्व देखिएको छ। शीर्ष ठूला १० कम्पनीमा ६ वटा वाणिज्य बैंक छन् भने बाँकी अरु कम्पनी रहेका छन्। बजार पुँजीकरणका हिसाबले शीर्ष १० कम्पनीको सूचीमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ रहेको छ। दोस्रो ठूलो कम्पनीका रुपमा नबिल बैंक रहेको छ। यो बैंकको बजार पुँजीकरण १ खर्ब १४ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।

त्यसैगरी बजार पुँजीकरणको हिसाबले तेस्रो ठूलो कम्पनी नागरिक लगानी कोष (सीआईटी) रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब १० अर्ब १४ करोड रुपैयाँ रहेको छ।

यसैगरी चौथो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा कम्पनी, पाँचौँमा ग्लोबल आइएमई बैंक र छैटौँमा एभरेष्ट बैंक रहेको छ। यी कम्पनीको बजार पुँजीकरण क्रमशः ८६ अर्ब ८७ करोड रुपैयाँ, ६२ अर्ब ५७ करोड रुपैयाँ र ५८ अर्ब ७२ करोड रुपैयाँ रहेको छ।

बजार पुँजीकरणको हिसाबले नेप्सेमा सातौँ ठूलो कम्पनीका रुपमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। यो कम्पनीको बजार पुँजीकरण ५८ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

एनआईसी एसिया बैंक आठौँ ठूलो कम्पनीका रुपमा रहेको छ। यो बैंकको बजार पुँजीकरण ५२ अर्ब २१ करोड रुपैयाँ रहेको छ। नेपाल इन्भेस्टम मेगा बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक ठूला कम्पनीको हिसाबले क्रमशः नवौँ र दसौँ स्थानमा छन्। यी बैंकको बजार पुँजीकरण क्रमशः ५१ अर्ब १९ करोड रुपैयाँ र ४८ खर्ब ५६ करोड रुपैयाँ रहेको छ।

१० ठूला कम्पनीमध्ये ३ वटाको बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS