IME Life New

ठगी बढेपछि पशुधन बीमामा शर्तैशर्त, बीमाशुल्क भन्दा सिफारिश दस्तुरै महँगाे पर्ने किसानकाे गुनासाे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । फर्जी पशुपंक्षी बीमाकाे माध्यमबाट बीमा दाबी रकम गर्ने प्रवृत्ती बढ्दै गएपछि नेपाल बीमा प्राधिकरणले पशुबीमामा नयाँ प्रावधानहरू लागू गरेकाे छ।पशुपालन नगरे पनि बीमा कम्पनीसँगकाे मिलेमताेमा बीमालेख जारी गर्न लगाएर बीमित पशु मरेकाे भन्दै क्षतिपूतर्ती रकम दाबी गर्ने ठगी प्रवृत्ती बढे पछि प्राधिकरणले अंकुश लगाएकाे हाे ।

अबदेखि पशु बीमा गर्दा पशुपालक किसानले सम्बन्धित स्थानीय तह, पशु चिकित्सालय र  पशुसेवा विज्ञको सिफारिश अनिवार्य पेश गर्नुपर्ने भएकाे छ। एक लाख रूपैयाँसम्मको बीमांक कायम गर्दा बीमक, बिमित र प्राविधिकको आपसी सहमतिमा स्थानीय प्रचलित बजार मूल्यभन्दा बढी नहुने गरी बीमांक कायम गर्नुपर्ने प्रावधान समेत समेटिएकाे छ ।

Esewa
Crest

एक लाखभन्दा अधिक दुई लाख रूपैयाँसम्म पशुधनको बीमांक कायम गर्दा सम्बन्धित स्थानीय तहबाट अनिवार्य सिफारिस लिनुपर्नेछ। दुई लाख रूपैयाँभन्दा माथि तीन लाख रुपैयाँसम्मको पशुधनको बीमांक कायम गर्दा पशु सेवा अस्पताल वा पशुसेवा विज्ञ केन्द्रमार्फत बीमा गरिने पशुकाे स्वास्थ्य अवस्था सम्बन्धमा अनिवार्य सिफारिश पेश गर्नुपर्नेछ।  तीन लाख रुपैयाँभन्दा माथि पशुधनको बीमांक कायम गर्दा व‌ंशावली अभिलेख, जातीय शुद्धताको प्रमाण पत्र, प्रयाेग भइरहेकाे औषधि, दुग्ध उत्पादनकाे मात्रा र पशुकाे उमेरको विवरण पेश गर्नुपर्नेछ ।

विदेशी नश्लकाे पशुधनको बीमांक निर्धारण गर्दा अनिवार्यरूपमा वैधानिक माध्यमबाट विदेशमा भुक्तानीवापतकाे रकम पठाएको बैंकले जारी गरेकाे प्रमाण, पशुकाे वंशावली अभिलेख, पशु खरिद गर्दा प्राप्त गरेकाे बिजक, पशु ढुवानीको निस्सा, भन्सार राजश्व भुक्तानी गरेकाे कागज, पशु स्वास्थ्य परिक्षण सम्बन्धी क्वारेन्टिन प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

नयाँ प्रावधान अनुसार एक पटक बीमालेख जारी भइसकेपछि बीमित पशुकाे हकमा बीमांक रकम थपघट गर्न नमिल्ने भएकाे छ। बीमा अवधिभित्र पशुधन थप गर्नुपरेमा थप गरिने पशुका लागि बेग्लै बीमालेख जारी गर्नुपर्नेछ । बेग्लै बीमालेख जारी गर्नुपर्ने प्रकृया झण्झटिलाे हुने भन्दै पशुधनकाे नियमित ओसारपसार (टर्न ओभर) भइरहने व्यवसायीक फर्मकाे हकमा पूर्व घाेषणाकाे आधारमा बीमा‌ंक रकम थपघट गर्न सकिने प्रावधान ल्याइनुपर्ने व्यवसायीकाे प्रतिकृया छ।

साउन १ गतेबाट प्रचलनमा ल्याइएकाे पशुधन बीमालेख अन्तर्गत बीमित पशु स्थायीरूपमा अशक्त भएमा बीमांक रकमको ३० प्रतिशत, तर भैँसीको हकमा बीमांक रकमको मासुको मूल्य कटाैती गरेपछि बाँकी रहने रकम मात्र कम्पनीले दाबी भुक्तानी गर्नेछ । गाईभैँसीको हकमा कम्तीमा दुईवटै थुन खराब भई पूर्ण रूपले अनुत्पादक भएमा बीमांकको ३० प्रतिशत रकम किसानले क्षतिपूर्ती प्राप्त गर्नेछ। गाईभैँसीमा बाँझोपना भएमा बीमांकको २५ प्रतिशत भुक्तानी गरिने व्यवस्था छ ।

यसैगरी प्रजनन प्रयोजनका लागि पालिएका भाले पशुको हकमा उपयुक्त प्रजनन् अवधिभित्र यदि पूर्ण रूपले प्रजनन् अयोग्य भएमा बीमांकको ४० प्रतिशत रकम मात्र किसानले क्षतिपूर्तीवापत पाउनेछन् । मासुका रूपमा बिक्री हुने पशुधनको हकमा बीमांक रकममा मासुको मूल्य कट्टा गरेर बाँकी रहने रकम मात्र दाबी याेग्य बीमांककाे रूपमा स्वीकार्य हुनेछ।

नयाँ बीमालेखकाे प्रावधानले गर्दा बीमाशुल्ककाे रकमभन्दा स्थानीय निकाय, अस्पताल र विज्ञलाई भुक्तानी गर्नुपर्ने सिफारिशवापतकाे शुल्क नै अधिक हुने गुनासाे पशुपालक किसानकाे छ। बीमाशुल्क रकममा सरकारले ८० प्रतिशत अनुदान दिएजस्तै पशुधनकाे बीमा प्रयाेजनका लागी सिफारिश लिंदा दस्तुर नलाग्ने व्यवस्था गरिनुपर्ने किसानकाे सुझाव छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS