IME Life New

टाटाले थल्यो सेमिकन्डक्टर प्लान्टको निर्माण, हरेक दिन ४.८३ करोड चिप उत्पादनको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टाटा समूहले भारतको आसाममा भारु २७ हजार करोडको सेमिकन्डक्टर चिप प्लान्ट निर्माण सुरु गरेको छ। यो प्लान्टले हरेक दिन ४ अर्ब ८३ करोड सेमिकन्डक्टर चिप उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ।सन् २०२५ सम्ममा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

त्यहाँ उत्पादित चिप विद्युतीय सवारीसाधन, सञ्चार र सञ्जाल पूर्वाधारलगायत अन्य क्षेत्रमा प्रयोग गरिनेछ। यो परियोजना गत फेब्रुअरीमा भारतको केन्द्रीय क्याबिनेटबाट अनुमोदित भएको थियो। यो परियोजना भारतको सेमिकन्डक्टर मिसनको हिस्सा हो।

Esewa
Crest

टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले भने, ‘यस प्लान्टले २७ हजार रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ। १५ हजारले प्रत्यक्ष र १२ हजारले अप्रत्यक्ष रुपमा रोजगारी पाउनेछन्। हामी आशा गर्छौं कि हामी यो परियोजना सन् २०२५ मा पूरा गर्न र छिट्टै सञ्चालन सुरु गर्न सक्षम हुनेछौँ।’

मार्च १३ मा प्रधानमन्त्री नरेन्द्र मोदीले तीनवटा सेमिकन्डक्टर सुविधाको शिलान्यास गरेका थिए। जसमध्ये २ वटा गुजरातमा र १ असममा निर्माण भइरहेका छन्। टाटा समूहले यी तीनमध्ये दुई प्लान्ट स्थापना गर्दैछ। एउटा प्लान्ट गुजरातको ढोलेरा र एउटा असमको जगिरोडमा निर्माण भइरहेको छ।

भारत सरकारले देशमा सेमिकन्डक्टरलाई प्रोत्साहन गर्न पीएलआई योजना पनि घोषणा गरेको थियो। भारतीय सेमिकन्डक्टर बजार सन् २०२१ मा २७.२ अर्ब डलरको थियो र २०२६ सम्ममा वार्षिक १९ प्रतिशतले बढेर ६४ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।

सेमिकन्डक्टर इन्डस्ट्री एसोसिएसनका अनुसार ताइवानले विश्वव्यापी चिप निर्माण क्षमता (भौतिक रुपमा सेमिकन्डक्टर बनाउन सक्ने क्षमता) को ६० प्रतिशत ओगटेको छ। टीएसएमसी एक्लैले विश्वको लगभग आधा सेमिकन्डक्टर उत्पादन गर्दछ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS