IME Life New

झापामा सबैको लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनी विकको अवसरमा झापामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। लघुवित्तले झापाको बुधबारे स्थित बुद्द आर्दश माध्यमिकविद्यालयमा यस्तो तालिम सम्पन्न गरेको हो।

तालिममा विद्यालयका १५ जना विद्यार्थीहरु गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा प्रशिक्षक सत्येन्द्र कुमार सिहँ, रहेका थिए । तालिममा सहभागीहरुलाई वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरताको परिचय, आवश्यकता र चाहना, बचतको अवधारणा तथा लक्ष्यनिर्धारण, बचतको महत्व र बचतकाप्रकारहरु, बचतकाउपायहरु, बचत योजना, बचत प्रदायक संस्थाहरुको छनौट, कर्जाको योजनातथाकर्जा लिन सक्ने क्षमता, कर्जा सदुपयोग, जोखिमन्यूनीकरण, जोखिम परिचय र असर, विप्रेषण सेवा, अब्यवस्थितखर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथाम, फजुलखर्च तथानगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु ब्यवसायको परिचयतथामहत्व, ब्यवसाय विस्तार तथाविविधिकरण, ब्यवसायिक योजना, अन्यआयश्रोतको पहिचान, साधनश्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, डिजिटल बैंकिङ्ग लगायतको विषयमा जानकारी दिइएको थियो।

Esewa
Crest

संस्थाले २०७४ आषाढ ३० गतेदेखि निरन्तर लघुवित्त सेवा प्रदान गरी गर्दै आइरहेको छ । बालबालिका र युवाहरु लक्षित गरी बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरताअभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका सन् २०१२ देखि हरेक वर्ष “ग्लोबल मनिवीक विश्वभर मनाउँदै आइरहेको छ । यसै सन्दर्भमा सबैको लघुवित्तले २०८० चैत्र ५ गतेदेखि ११ गते मूल नाराका साथ १२ औं श्रृङ्खला मनाउन लागिएकोछ ।

संस्थाले २०८० फाल्गुणमसान्तसम्ममा७० हजार ६२९ घरपरिवारहरुमा सेवाविस्तार गरेको छ । संस्थाको २०८० फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु ४ अर्ब १६ करोड ७३ लाख ६९ हजार ३३ रहेकोछ भने ग्राहक सदस्यहरुबाट रु। १ अर्ब १७ करोड बचत परिचालन गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS