IME Life New

झापाको दुर्गापुरमा प्रभु बैंकले सञ्चालनमा ल्यायो नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । कम्पनीका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले उक्त शाखा कार्यालयको एक समारोहका बीच बिहीबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा विशेष अतिथिको रुपमा कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना दिएका थिए । सोही अवसरमा कम्पनकिा कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यसक्षेत्रको आर्थिक अवस्था चलायमान बनाउन नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको बताए ।

Esewa
Crest

कम्पनीले नेपालभर ३१४ शाखा कार्यालयहरु, २८६ वटा एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत् करिब ३५ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS