IME Life New

ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा पुस २९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ती गर्ने सन्दर्भमा आवश्कय सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १६ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । बुकक्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS