IME Life New

ज्योति विकास बैंकका ग्राहकले संगम स्विट्समा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले आफ्ना ग्राहकहरूलाई संगम स्विट्समा १० प्रतिशतसम्मको विशेष छूट सुविधा दिने भएको छ । उक्त छूट सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा दुबै कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् ।

हस्ताक्षरपश्चात् कम्पनीका ग्राहकहरूले संगम स्विट्सको कमलपोखरीस्थित आउटलेटमा न्युनतम २०० रुपैयाँको खरिदमा १० प्रतिशतसम्मको आकर्षक छूटको लाभ लिन सक्नेछन्।

Esewa
Crest

हालै कम्पनीले ललितपुरस्थित मेडेक्स मल्टीस्पेस्यालिटीमा २० प्रतिशतसम्मको छूट प्रदान गर्ने सम्झौता गरेको छ। यसका साथै, कम्पनीले काठमाडौंस्थित प्रख्यात ट्रान्क्वालिटी स्पाका देशभरका १७ वटै आउटलेटहरूमा हरेक सेवा तथा सुविधाहरूमा ग्राहकहरूलाई ३० प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, कम्पनीले लुगासुगा ट्रेडर्समा समान खरिद गर्दा २२ प्रतिशतसम्मको विशेष छूट प्रदान गर्ने सम्झौता पनि गरेको छ।

कम्पनीले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै विशेष छूट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

कम्पनीले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS