IME Life New

जोखिमका हिसाबले भारतबाहेक दक्षिण एसियाका सबै मुलुक एउटै डालोमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी एएमबेस्टले नेपाललाइ जोखिम र अस्थिर राजनीतिक अवस्थाको उच्च जोखिम वर्गमा राखेको छ। एसियाली मुलुकको जोखिम सम्बन्धी ‘कन्ट्री रिस्क रिपोर्ट’मा यो रेटिङ एजेन्सीले नेपालमा राजनीतिक र वित्तीय अस्थिरतासँगै उच्च आर्थिक जोखिम रहेको टिप्पणी गरेको छ।

एएमबेस्टले जोखिमका आधारमा टायर वानदेखि टायर फाइभसम्मको वर्गीकरण गर्दै आएकोमा उच्च जोखिमयुक्त मुलुकका रुपमा टायर फाइभ वर्गमा यसपटक पनि नेपाललाई निरन्तरता दिएको छ। दक्षिण एसियाली मुलुकहरुमध्ये नेपालसँगै बंगलादेश, पाकिस्तान, भुटान र म्यानमार पनि टायर फाइभ अर्थात् अतिउच्च जोखिमको सूचीमा परेका छन्। छिमेकी मुलुक भारत उच्च जोखिमयुक्त मुलुकको वर्गीकरणमा अर्थात् टायर फोमा परेको छ। एएमबेस्टले दक्षिण एसियाली मुलुकमध्ये भारत सर्वाधिक ठूलो अर्थतन्त्र भएको उल्लेख गर्दै विश्व बैंकको प्रक्षेपणका आधारमा भारतीय अर्थतन्त्र द्रुतगतिमा विस्तार हुने र यसको प्रभाव छिमेकी मुलुकमा समेत पर्ने जनाएको छ।

Esewa
Crest

संक्षिप्त रिपोर्टमा नेपालको गार्हस्थ उत्पादन सन् २०२३ मा ०.८ प्रतिशत रहेकोमा पर्यटन र जलविद्युत क्षेत्रको विस्तारका कारण २०२४ मा ३.१ प्रतिशत रहने उल्लेख गरेको छ। त्यसैगरी सन् २०२३ मा ७.८ प्रतिशत रहेको मुद्रास्फीति २०२४ मा ६.३ प्रतिशत हुने अनुमान गरिएको छ।

वैश्विक रेटिङ एजेन्सी एएमबेस्टले दक्षिण एसियाली मुलुकहरुमा मुद्रास्फीति दर उच्च रहने उल्लेख गर्दै भारतीय मुद्रासँग स्थिर विनिमय दरका लागि अनुबन्धित दक्षिण एसियाली मुलुकमा यसको अधिक प्रभाव पर्ने अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS