IME Life New

जेठ महिना मात्रै निर्जीवन बीमा कम्पनीले आर्जन गरे २ अर्ब ९६ करोड कुल बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७८/ ७९ को जेठ महिनामा २० निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । समितिको तथ्याङक अनुसार यी कम्पनीहरुले जेठ महिनासम्ममा ३४ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

समितिको तथ्याङक अनुसार यस महिनामा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस महिनामा मात्रै ३६ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । दोस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा मात्रै २४ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले २१ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले २० करोड ३३ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले १९ करोड ८१ लाख रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले १८ करोड ९३ लाख, सिद्धार्थ इन्स्योरेन्सले १७ करोड १३ लाख, एनएलजी इन्स्योरेन्सले १७ करोड ७ लाख, आइएएमई जनरलले १५ करोड ९३ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ११ करोड ७८ लाख, रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।
त्यसैगरी लुम्बिनी जनरलले ११ करोड ७८ लाख, नेपाल इन्स्योरेन्सले ११ करोड ७४ लाख, अजोड इन्स्योरेन्सले १० करोड ८० लाख, प्रभु इन्स्योरेन्सले १० करोड १५ लाख, सानिमा जनरलले ९ करोड ७६ लाख, ओरिएण्टल इन्स्योरेन्सले ८ करोड ७० लाख, यूनाइटेडले ८ करोड २९ लाख, एभरेष्ट इन्स्योरेन्सले ६ करोड ८९ लाख, जनरल इन्स्योरेन्सले ५ करोड ७९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ५ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS