IME Life New

जेठका लागि अधिकांश बैंकहरुले घटाए ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेठ महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। जेठमा १० वटा वाणिज्य बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ३ वटाले बढाएका छन्। आज सूचना प्रकाशित गरेकामध्ये ६ वटाले भने स्थिर राखेका छन्।

जेठ महिनाका लागि व्यक्तिगततर्फ मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.८० प्रतिशतसम्म तोकिएको छ। वैशाखमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ७.९७ प्रतिशत थियो। औसतमा वाणिज्य बैंकहरुको ब्याजदर ०.०८ विन्दुले घटेको छ ।

Esewa
Crest

जेठका लागि संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने ६.८ प्रतिशतसम्म तोकिएको छ। वैशाखमा संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ६.९७ प्रतिशत रहेको थियो।

ब्याजदर घटाउनेमा कुमारी, प्राइम, सिटिजन्स, सिद्धार्थ, एनएमबि, एसबिआई, सानिमा र राष्ट्रिय वाणिज्य बैंक छन्। एनआईसी एसिया, ग्लोबल आइएमई बैंक र प्रभु बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएका छन् भने माछापुच्छ्रे, सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले स्थिर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS