IME Life New

जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंसिर ७ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँको कुल १४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा १४ प्रतिशतले हुन आउने १८ करोड ८६ लाख ५२ हजार ६४६ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS