IME Life New

जीवन बीमाको पहिलो मर्जर सफल हुँदै, सूर्या र ज्योति लाइफले गरे अन्तिम सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृतहरु लगायत विभागिय क्षेत्रिय प्रमुख तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

दुवै कम्पनी विच मर्जर गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता २०७९ आषाढ १२ गते सम्पन्न भइ बीमा समितिबाट आषाढ १३ गते सैद्धान्तिक सहमति प्राप्त भएको थियो । नेपालको बीमा क्षेत्रमा जीवन बीमा कम्पनीहरु विच मर्जरको लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भइ मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो ।

Esewa
Crest

अन्तिम सम्झौतापत्रमा उल्लेख भए अनुसार गाभिए पश्चात बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कायम हुनेछ भने रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा तथा केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । मर्जर पश्चात बन्ने संचालक समितिमा गाभिए पश्चात बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभए सम्मको लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र संचालक गरी ७ सदस्यीय संचालक समिति बन्नेछ भने साधारण सभाले नयाँ संचालक समितिको चयन गर्नेछ ।
नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

शेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात गाभिए पश्चात बन्ने कम्पनीको शेयर सूर्या लाईफका शेयरधनीले १ शेयर बराबर १ शेयर पाउनेछन् भने ज्योति लाईफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् । उक्त शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब रु.४ अर्ब ५५ करोड पुग्नेछ । नियमनकारी निकाय बीमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु. ५ अर्ब तोकिएको समयसिमा भित्र सहजै पुर्याउन कम्पनी सफल हुनेछ ।

अन्तिम सम्झौता भए संगै दुवै कम्पनीले छिट्टै नै साधारणसभा आह्वान गर्ने र साधारणसभाबाट मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र अनुमोदन भए पश्चात सम्बन्धीत नियमनकारी निकायहरुमा मर्जरको लागि स्वीकृती माग गरी आवेदन दिने र ति निकायहरुबाट स्वीकृती आए पश्चात २०७९ मंसिर मसान्त भित्रमा एकिकृत कारोबार संचालन गर्ने सहमति समेत भएको छ । यो मर्जरलाई नेपाली जीवन बीमा क्षेत्रमा एक उदाहरणिय तथा ऐतिहासिक उपलब्धीको रुपमा लिन सकिन्छ भने गाभिए पश्चात कम्पनीका शेयरधनी, बीमित, अभिकर्ता, कर्मचारी लगायत सम्बन्धीत सबै पक्षलाइ अझ बढी लाभ हुने विश्वास दुवै कम्पनीले लिएको छ ।

गाभिए पश्चात बन्ने कम्पनीको संचालन खर्चमा कमी आउने, व्यवसायको आकार तथा शाखा संजाल वृद्धी हुने, पुँजीकोष, जगेडा कोष, जीबन बीमाकोष लगायतका आर्थिक सुचकांङ्कमा सकारात्मक परिवर्तन आउने र आगामि दिनमा बलियो तथा जीवन बीमा कम्पनीहरु मध्ये उत्कृट एवं सबल कम्पनीको सूचिमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

मर्जर पश्चात बन्ने कम्पनीको मुख्य सुचकांङ्क (आ.व. ०७८/७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोष २०.३६ अर्ब रुपैयाँ, जगेडा कोष १.४४ अर्ब, कुल लगानी २३.७८ अर्ब, खुद नाफा ३७.३७ करोड, कुल बीमा शुल्क रु.८.८६ अर्ब रुपैयाँ रहने कम्पनीले बताएको छ ।

मर्जरको लागि प्रारम्भिक सम्झौता देखि हालसम्मको कार्य सफलतापुर्वक सम्पन्न गराउन अहं भुमिका निभाउनु हुने सम्पुर्ण शेयरधनी, नियामक निकायहरु, संचालक समिति, कर्मचारी तथा सम्बन्धीत सबै पक्षलाइ हार्दिक धन्यबाद दिँदै एकिकृत कारोबार शुभारम्भ गर्ने कार्यमा पुर्ण सहयोग हुने विश्वास लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%
happy

खुसी

21%
sad

दु :खी

3%
amazed

अचम्मित

10%
excited

उत्साहित

10%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS