IME Life New

बीमा कम्पनीहरुले पीईभीसीमा लगानी गर्न पाउने बाटो खुला, लगानीको सीमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले अब प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल फन्ड (पीईभीसी)मा लगानी गर्न पाउने भएका छन्। नेपाल बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमकको लगानी, निर्देशिकामा दोस्रो संशोधन (२०८०) गर्दै पहिलोपटक  बीमा कम्पनीहरुलाई पीईभीसीमा लगानी गर्न पाउने बाटो खुला गरिदिएको हो। अब जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त पीईभीसीमा लगानी गर्न पाउनेछन्। पहिला यो व्यवस्था रहेको थिएन।

संशोधित निर्देशिका अनुसार बीमा कम्पनीहरुले कुल लगानीको बढीमा १.५ प्रतिशत पीईभीसीमा लगानी गर्न पाउने सीमा तोकिएको छ।
त्यस्तै एउटै फन्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था पनि संशोधन निर्देशिकामार्फत गरिएको छ।

Esewa
Crest

बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र र सेवामूलक क्षेत्रमा लगानी गर्नु पूर्वप्राधिकरणको स्वीकृति लिनु पर्नेछ भन्ने शब्दहरुको सट्टामा बीमकले सहायक कम्पनी, घरजग्गा व्यवसाय, कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जालगायत नवीकरणीय उर्जा परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा, स्वास्थ्य क्षेत्र, सेवामूलक क्षेत्र, विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गर्नु पूर्व, निर्देशनमा उल्लेख भए भन्दा अन्य क्षेत्रमा लगानी गर्नु पूर्व तथा निर्देशनमा तोकिएको सीमाभन्दा बढी लगानी गर्नु पूर्व प्राधिकरणको अनिवार्य स्वीकृति लिनु पर्नेछ भन्ने व्यवस्था थप गरिएको छ।

यसैगरी जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले अन्य कम्पनीहरुको शेयरमा लगानी गर्ने सीमा बढेको छ।

संशोधित निर्देशनअनुसार अब यी तीनै किसिमका बीमाकले अन्य कुनै पनि कम्पनीको शेयरमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। यसअघि यस्तो सीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था थियो।

त्यस्तै लगानी क्षेत्रको महलमा रहेको ‘साधारण शेयर’ भन्ने शब्दहरुको सट्टा ‘शेयर’ भन्ने शब्द राख्ने व्यवस्था पनि संशोधित निर्देशनमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS