IME Life New

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद निष्काशन गर्दै, स्वीकृतिका लागि बीमा समितिमा पेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले हाल विद्यमान पूँजीको ३० प्रतिशत हकप्रद शेयर निष्काशनको माग गर्दै बीमा समिति समक्ष प्रस्ताव पेश गरेको छ ।

कम्पनीले तत्काल मर्जरमा जाने भन्दा पनि अहिलेलाई ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर पूँजी थप गर्ने योजना बनाएको छ । कम्पनी सँग हाल एक अर्ब रुपैयाँ मात्रै पूँजी छ । यहि पूँजीमा अन्य कम्पनी सँग मर्ज गर्दा हिस्सा गुम्ने तथा वार्गेनिकङ पावर कम हुने भए पछि कम्पनीले पहिला थोरै हकप्रद शेयर निष्काशन गर्ने सोच बनाएको हो ।

Esewa
Crest

यदि बीमा समितिले फेरी पनि हकप्रद शेयर निष्काशन गर्न दियो भने मर्जरमै नगइ पूँजी जुटाउन सक्ने रणनीतिको रणनीति देखिन्छ । तर बीमा समितिले पुनः हकप्रद शेयर निष्काशन गर्न नदिने भन्यो भने उपयुक्त कम्पनी खोजेर मर्जरको प्रकृयाँमा अगाडी बढ्ने कम्पनीको योजना रहेको छ ।

अहिले प्रस्ताव गरिएको हकप्रद शेयर निष्काशन गर्न पायो भने कम्पनीको चुक्ता पूँजी एक अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको जगेडा कोषमा १६ करोड रुपैयाँ हाराहारी मात्रै रहेको छ । हकप्रद शेयर निष्काशन पछि नविकेको हकप्रद शेयर बोलकबोल मार्फत बिक्री गर्दा कम्पनीको जगेडा कोषमा केहि रकम थपिन्छ । त्यतिन्जेलमा कम्पनीले २० करोड रुपैयाँ बोनस शेयर दिएर एक अर्ब ५० करोड रुपैयाँ जुटाउन सक्ने देखिन्छ । त्यस पछि पनि कम्पनीलाई एक अर्ब पुग्दैन ।

यसका लागि भने बीमा समितिले मान्यो भने पुनः हकप्रद शेयर निष्काशन गर्ने होइन भने अर्को कुनै कम्पनीसँग मर्ज गर्ने यसो गर्दा कम्पनीको स्वाप रेसियो कमै भए पनि हिस्सा धेरै खुम्चिन पाउदैन । यदि अहिलेकै पूँजीमा मर्ज गर्ने हो भने हिस्सा खुम्चिने डरमा कम्पनीका सञ्चालक छन् ।

बीमा समितिले हकप्रद शेयर निष्काशन गर्न दियो भने निकट भविष्यमा हुने चौथो वार्षिक साधारणसभामा हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव गर्नेछ । कम्पनीले चौथो वार्षिक साधारणसभाको तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS