IME Life New

जनरल इन्स्योरेन्सले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने, बीमा समितिबाट स्वीकृती लिन बाँकी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बीमा समिति समक्ष शैद्धान्तिक सहमतिको लागि निवदेन पेश गरेको थियो । बीमा समितिले सैद्धान्तिक सहमति दिए सँगै कम्पनीले आज सार्वजनिक रुपमा हकप्रद शेयर निष्काशन गर्ने जानकारी दिएको छ ।

कम्पनीको जेठ ६ गते अपरान्ह साढे ५ बजे बसेको सञ्चालक समितिको बैठकले हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको हो । समितिबाट अनौपचारिक रुपमा सहमति पाए सँगै कम्पनीले स्वीकृतीका लागि बीमा समिति समक्ष अर्को निवेदन पेश गर्नेछ ।

Esewa
Crest

बीमा समितिले केहि समय अगाडी हकप्रद शेयर निष्काशनको सूचना बाहिर ल्याउनु अगाडी बीमा समिति समक्ष जानकारी गराउनु पर्ने निर्देशन दिएको थियो । गत वर्ष अजोड इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशनको सूचना सार्वजनिक गर्नु अगाडी बजारमा सूचना चुहाएर भित्रि कारोबार गरेको भन्दै अवदेखि हकप्रद शेयरको सूचना सार्वजनिक गर्नु अगाडी बीमा समिति समक्ष परामर्श लिनु पर्ने भन्दै निर्देशन दिएको थियो ।

जनरलले पनि केहि दिन अगाडी बीमा समिति समक्ष सैद्धान्तिक सहमतिको लागि निवेदन पेश गरेको थियो । तर यस्तो गर्दा पनि कम्पनीको सूचना बाहिरिदा गएको विहीबार कम्पनीको शेयर मूल्यमा उछाल आएको थियो ।

हाल जनरलको चुक्ता पूँजी एक अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद बीमा समितिबाट स्वीकृत भइ निष्काशन पछि एक अर्ब ३० करोड रुपैयाँ पुग्नेछ । कम्पनीले अहिलेलाई आधारभुत पूँजी बढाउने र यस पछि मर्जरमा जाने कम्पनीले योजना बनाएको छ । अहिलेकै पूँजीमा अर्को कम्पनीमा मर्जर गर्दा कम्पनीको हैसियत सानो हुने भए पछि कम्पनीले वार्गेनिङ पावर बढाउन पनि ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

fec2ce5148449e10741f4c273ec77c6c

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS