IME Life New

जनरल इन्स्योरेन्सले आब्हान गर्यो चौंथो वार्षिक साधारण सभा, हकप्रदको प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने कम्पनीले जनाएको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७ /७८ को एनएफआरएस बमोजिम २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसूचिहरु पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८ /७९ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिबाट नियुक्त गरिएको संचालकको नाम अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बीमा समितिको स्वीकृति लिई हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १ः०३ हकप्रद शेयर निष्काशन गर्ने विषयलाई पनि स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सबै कार्य गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि भएपछि कम्पनीको प्रबन्धपत्रमा सोही बमोजिम संशोधन गर्ने र संबोधन गरिएकोमा बीमा समितिको निर्देशनपछि संशोन गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पाति गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १८ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS