IME Life New

जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो १३औं वार्षिक साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले आफ्नोे १३औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीले उक्त सभा बुटवलको होटेल न्यु इरामा आयोजना गर्ने जनाएको छ । कम्पनीको चैत ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय भएको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण र सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समतिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संस्थापक शेयधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने, भविष्यमा अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थालाई गाभ्नेरगाभिने वा प्राप्ती गर्ने कार्यका लागि सम्झौता गर्ने, लगायत अन्य गाभ्ने गाभिने वा प्राप्ती सँग सम्बन्धीत सम्पूर्ण प्रकृयाहरु पूरा गर्न गराउन संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, संस्थाको कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS