IME Life New

छिमेक लघुवित्तको नाफा रु. १ अर्ब माथि, बढ्यो वितरणयोग्य मुनाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ को अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा वर्षमा संस्थाले १ अर्ब ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष संस्थाले १ अर्ब ६ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा यो वर्ष संस्थाको नाफामा ५.७५ प्रतिशतको गिरावट आएको छ।

Esewa
Crest

यो वर्ष संस्थाको सञ्चालन मुनाफा घटेर १ अर्ब ४० करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ५४ करोड १८ लाख रुपैयाँमा सीमित थियो।

समीक्षा वर्षमा संस्थाको खुद ब्याज आम्दानी २ अर्ब ८२ करोड ९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी २ अर्ब ८५ करोड ३४ लाख रुपैयाँ थियो।

आव २०८०।८१ मा संस्थाको वितरणयोग्य मुनाफा १ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता ५७.६४ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १ अर्ब ४५ १ लाख रुपैयाँ वितरणयोग्य मुनाफा थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ३ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष एनपीएल १.७२ प्रतिशत थियो।

चुक्तापुँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँ रहेको संस्थाको शेयर प्रिमियममा ४ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ छ। अघिल्लो वर्ष शेयर प्रिमियममा ४ करोड ९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ३७ करोड ४३ लाख रुपैयाँ र रिजर्भमा २ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ छ।

समीक्षा वर्षमा संस्थाले ३३ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षमा संस्थाले ३० अर्ब ७१ करोड रुपैयाँ सापटी लिएर ३२ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यसले संस्था व्यापार ग्रोथमा आक्रमण ढंगले अगाडि बढेको छ।

समीक्षा वर्षमा संस्थाको प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३३.६२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ३७.४५ रुपैयाँ थियो। पीई रेसियो २६.७७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २४९.१५ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS