IME Life New

चौतारी लघुवित्तको तेश्रो त्रैमास कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चौतारी लघुवित्तले आफ्नो तेश्रो त्रैमास विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेश्रो त्रैमास सम्म १  करोड ८५  लाख खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमास सम्म कम्पनीले ६५ लाख ४२ हजार रुपैयाँ कमाएको थियो । कम्पनीको खुद नाफा १८४ प्रतिशतले वृद्धि हुन सफल भएको छ। कम्पनीको प्रति शेयर आम्दानी १३  रुपैयाँ रहेको छ, गत वर्ष तेश्रो त्रैमास सम्म आउँदा कम्पनीको प्रति शेयर आम्दानी ४१  रुपैयाँ थियो ।

प्रमुख आम्दानी को श्रोत खुद व्याज आम्दानीमा देखिएको ८६  प्रतिशतको वृद्धिले गर्दा कम्पनीको खुद नाफामा वृद्धि देखिएको हो।

Esewa
Crest


कम्पनीले निक्षेप, कर्जा र सापटी रकमको आकारलाई वृद्धि गर्न सफल भएको छ । निक्षेप १२५  प्रतिशतले वृद्धि हुँदै  ३९  करोड  ७५ लाख पुगेको छ, सापटी रकम ११९ प्रतिशतले वृद्धि हुँदै ७४  करोड ३९ लाख पुगेको छ भने कर्जा ११७  प्रतिशतले वृद्धि हुँदै १  अर्ब ३३ करोड पुगेको छ। खराब कर्जा सामान्य कम हुँदै ०  दशमलव ७२  प्रतिशत पुगेको छ।
कम्पनीको वर्तमान बजार मूल्य ५०२ रहेकोमा कम्पनीको मूल्य आम्दानी अनुपात ३७  गुणा छ। कम्पनीको किताबी मूल्य ८१ प्रतिशतले कम  हुँदै ११८ रुपैयाँ  पुगेको छ भने मूल्य र किताबी मूल्यको अनुपात ४ दशमलव २५  गुणा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS