IME Life New

चैत ४ गतेबाट ‘ग्लोबल मनी विक’, यस्तो छ यसपालिको नारा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर ‘ग्लोबल मनी विक’ चैत ४ गतेबाट सुरु हुने भएको छ। चैत १० गतेसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम गरी ग्लोबल मनी विक मनाइन्छ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै नेपालमा ग्लोबल मनी विक मनाउने भएको छ। सप्ताहव्यापी कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरुको सक्रिय सहभागिता रहन्छ। यसका अतिरिक्त विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरु पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरुलाई ग्लोबल मनी विक भव्य रुपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरुको जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।

Esewa
Crest

बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कोपरेसन एन्ड डेभलपमेन्ट (ओईसीडी)को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोब मनी विक विश्वभर मनाउने गरिएको छ। यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ।

यस वर्षको १३ औँ शृंखला मनाउन यस अभियानको नारा ‘थिंक बिफोर यु फलो, विस मनी टुमोरो’ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS