IME Life New

चैतको तेस्रो साता सकिँदैछ गभर्नर अधिकारीको कार्यकाल, मौद्रिक समीक्षा कस्तो आउला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत तेस्रो साता सकिँदैछ। चालु आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि यही फागुन १५ गतेसम्म ल्याउनुपर्ने राष्ट्र बैंकले नै प्रावधान तोकेको छ।

गभर्नर अधिकारीको कार्यकाल सकिने दिन नजिकिनु र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि आउन लाग्नुले उद्योगी–व्यापारीदेखि शेयर बजारका लगानीकर्तामा कौतुहलता निकै बढेको छ। आफ्नो कार्यकालको यो अन्तिम मौद्रिक समीक्षा हुने भएकाले गभर्नर अधिकारीले जाँदाजाँदै सकारात्मक नीतिगत व्यवस्था ल्याउनमा सबै क्षेत्रका आशावादी छन्। गर्भनर अधिकारीको कार्यकाल आउँदो चैत २६ गते सकिँदैछ।

Esewa
Crest

अर्कोतर्फ नेपाल दोस्रोपटक फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेपछि गभर्नर अधिकारीले मौद्रिक समीक्षामार्फत थप कडा व्यवस्था ल्याउन सक्नेतर्फ पनि उत्तिकै आशंका बढेको छ। यद्यपि गभर्नर अधिकारीले सबैबाट प्रशंसा पाउन जाँदाजाँदै लचिलो नीति ल्याउने अपेक्षा गरिएको छ।

राष्ट्र बैंक स्रोतका अनुसार केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको ड्राफ्ट तयार पारेर व्यवस्थापन समितिमा पठाउने तयारी गरिरहेको छ। ‘व्यवस्थापन समितिको बैठकमा समीक्षाको ड्राफ्टमाथि छलफल भएपछि सञ्चालन समितिको बैठकमा जान्छ’, स्रोतले भन्यो, ‘त्यसैले आइतबार वा सोमबार व्यवस्थापन समितिको बैठकमा समीक्षामाथि छलफल भएपछि बल्ल सञ्चालन समितिमा पेस होला। त्यसैले अर्धवार्षिक समीक्षा मंगलबारसम्म आउने सम्भावना छ। मंगलबार नआएको खण्डमा बिहीबार पक्कै आउँछ।’

अर्थतन्त्रका सूचक सकारात्मक रहेकोले अर्धवार्षिक समीक्षा पनि सोहीअनुरुप आउन सक्ने राष्ट्र बैंक स्रोत बताउँछ। ‘सबैतिर अहिले ठीकै छ, त्यसैले समीक्षामार्फत थप कस्ने काम होलाजस्तो लाग्दैन’, स्रोतले भन्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS