IME Life New

चिनियाँ कम्पनी बाइटडान्सले अमेरिकामा किन बन्द गर्दै छ टिकटक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विकृती फैलाएको र सामाजिक सदभाव खलबलाएको भन्दै नेपाल सरकारले प्रतिबन्ध लगाइ दिए पछि भिडियो शेयरिङ एप्स टिकटक(बाइटडान्स) को उच्च पदस्थ अधिकारीहरू प्रतिबन्ध खुलाउन लामो कसरत गरे। चिनियाँ दूतावासको प्रभाव देखि लिएर अन्य प्रभाव समेतको प्रयोग गरेर अन्ततः प्रतिबन्ध फुकुवा गराउन सफल भए।

उता अमेरिकामा भने यही कम्पनीले आइतबारदेखि आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । सङ्घीय प्रतिबन्ध लागू हुनु पूर्व नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

Esewa
Crest

अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक प्रतिबन्धको कानूनी प्रावधान कार्यान्वयन स्थगित गर्न उपयुक्त कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेका द वाशिङ्टन पोस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । टिकटकमाथि अमेरिकी प्रयोगकर्ताको तथ्यांकको दुरुपयोग गरेको र चिनियाँ सरकारलाई व्यक्तिगत गोपनीय जानकारी उपलब्ध गराइ रहेको आरोप लागेको छ ।

राष्ट्रपति जो बाइडेनले गत अप्रिलमा हस्ताक्षर गरेको कानूनमा टिकटकको अमेरिकी सञ्चालन कम्पनीले गैर चिनियाँ उद्यमीलाई बिक्री गर्नुपर्ने शर्त तोकिएको छ। अमेरिकी सञ्चालनको जिम्मा गैर चिनियाँ नागरिकलाइ बिक्री नगरेर प्रतिबन्ध लगाइने व्यवस्था नयाँ कानूनी प्रावधानले गरेको छ। स्वामित्व बिक्री गर्नका लागि अमेरिकी संघीय सरकारले टिकटकको माउ कम्पनी बाइटडान्सलाई यही जनवरी १९ सम्मको समय सीमा दिएको थियो ।

यसैबीच अमेरिकामा टिकटक बन्द गर्ने सम्भावना बढ्दै गर्दा अर्को चिनियाँ एप रेडनोट डाउनलोड गर्ने क्रम बढेको छ। केही समयदेखि अमेरिकामा रेडनोटको डाउनलोड बढ्दै गएको छ।

चिनियाँ कम्पनीको स्वामित्वमा रहेको एप्स टिकटक अमेरिकामा पनि निक्कै लोकप्रिय छ। अमेरिकामा मात्र यसको १७ करोड प्रयोगकर्ता छन् । सन् २०१३ मा स्थापना भएको बाइटडान्सको टिकटक एप्स, चीनको ठूलो सामाजिक सञ्जालमध्ये एक हो । यो एपका ३० करोड मासिक प्रयोगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS