IME Life New

चाैधरी ग्रुपले पनि शुरू गर्याे डिजिटल वालेट सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नेपाली बहुर्राष्ट्रिय कम्पनी चाैधरी ग्रुप (CG Corp Global सिजी कर्प ग्लाेबल) ले पनि विद्युतीय भुक्तानी सेवा शुरू गरेकाे छ । यूराेपेली मुलुक मल्डाेभामा माेबाइल सेवा प्रदायक कम्पनी माेल्डसेल संचालन गरिरहेकाे सिजी कर्पले माेल्ड सेल मनि ब्राण्डमा विद्युतीय भुक्तानी सेवा स‌ंचालनमा ल्याएकाे हाे ।

उपभाेक्तालाई उत्कृष्ट वित्तीय काराेबारकाे अनुभव गराउनका लागी माेल्डसेलले विद्युतीय वित्तीय समाधान प्रदायक विश्वविख्यात कम्पनी कमभिभाकाे प्रविधि प्रयाेगमा ल्याएकाे हाे । माेबाइल मनी प्रयाेगकर्ताले बै‌ंक कार्ड वा नगद बिना नै माेबाइल नम्बरकाे भरमा रकम पठाउन, पाउन वा भुक्तानी गर्न सक्ने सुविधा उपलब्ध रहेकाे माेल्डसेलले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ।

Esewa
Crest

मल्डाेभाकाे दाेश्राे ठूलाे दूरसंचार सेवा प्रदायक माेल्डसेलकाे शेयर स्वामित्व चाैधरी ग्रुपले २५ मार्च २०२० मा ३ कराेड ५० लाख अमेरिकी डलर(हालकाे विनिमय दर अनुसार ४ अर्ब ६२ कराेड रूपैयाँ) मा स्वेडेनकाे टेलिया कम्पनीसँग खरिद गरेकाे थियाे । माेल्डसेलसँग १६ लाख भन्दा बढी प्रयाेगकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

0%
sad

दु :खी

57%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS