IME Life New

चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक आर्थिक परिदृश्य प्रतिवेदनले यस्तो देखाएको हो।

तथ्यांक अनुसार समीक्षा वर्षमा चालु खाता रु. २ खब २१ अर्ब ३४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष चालु खाता रु. ४६ अर्ब ५७ करोडले घाटामा रहेको थियो।

Esewa
Crest

अमेरिकी डलरमा अघिल्लो वर्ष ३६ करोड ६ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा १ अर्ब ६६ करोडले बचतमा रहेको छ।

समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले कमी आई रु.५ अर्ब ८१ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ८ अर्ब ४० करोड कायम भएको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु. ६ अर्ब १७ करोड रहेको थियो।

समीक्षा वर्षमा शोधनान्तर स्थिति रु. ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.२ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब १७ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा ३ अर्ब ७७ करोडले बचतमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS