IME Life New

चालु खाता रु. ३०.८९ अर्बले बचतमा, शोधनान्तर स्थिति कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको चालु खाता र शोधनान्तर स्थिति बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिना साउनको तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा अवधिमा चालु खाता रु. ३० अर्ब ८९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १३ अर्ब ३७ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ।

Esewa
Crest

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. २२ करोड ३२ लाख कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह रु. ७९ करोड ९८ लाख रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. २७ करोड २६ लाख कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी मात्र) रु. २ अर्ब ६५ करोड रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ४० अर्ब ९० करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ४३ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाखले बचतमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS