IME Life New

चार लघु बीमकले आइपीओ ल्याउन सेबोनसँग मागे अनुमति ? कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार लघु बीमकले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेका छन्।

आइपीओ ल्याउन अनुमति माग्नेमा दुईवटा जीवन र दुईवटा निर्जीवन लघु बीमा कम्पनी छन्। जसअनुसार गार्डियन माइक्रो लाइफ, क्रेस्ट माइक्रो लाइफ, नेपाल माइक्रो र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी छन्।

Esewa
Crest

यी लघु बीमकले विभिन्न मितिमा आइपीओ निष्कासनको अनुमति माग्दै सेबोनमा निवेदन दिएका छन्। प्रत्येक लघु बीमकले २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति मागेका छन्।

सेबोनले अनुमति दिएमा यी लघु बीमकले १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा जारी गर्नेछन्।

आइपीओ बिक्री प्रबन्धकमा गार्डियन माइक्रो लाइफले कुमारी क्यापिटल र बाँकी तीनवटाले एनएआईएमबि एस क्यापिटललाई नियुक्त गरेका छन्।

केही समयअघि मात्रै नेपाल बीमा प्राधिकरणले तत्काल आइपीओ ल्याउन निर्देशन दिएको थियो। प्राधिकरणले लघु बीमकको इजाजतपत्र जारी गर्दा न्यूनतम चुक्तापुँजी ७५ करोड रूपैयाँ तोकेको छ। योमध्ये ७० प्रतिशत अर्थात् ५२ करोड ५० लाख रुपैयाँ संस्थापक शेयरधनीले लगानी गरेका छन् । बाँकी ३० प्रतिशत सर्वसाधारणबाट थप २२ करोड ५० लाख रुपैयाँ लगानी जुटाउन लघु बीमकले आइपीओ ल्याउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

17%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS